Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • सिरहाका एक युवकमा अरबबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि

सिरहाका एक युवकमा अरबबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि

सिरहाका एक युवकमा अरबबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि

सिरहा, ४ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाही टोलका युवकमा साउदी अरबबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि भएको छ।

उनी फागुनको २८ गते हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण भई २९ गते घर पुगेका खबर आजको नागरिक दैनिकमा लहानबाट मिथिलेश यादवले लेखेका छन्।

काठमाडौंबाट सार्वजनिक बस चढेर उनी घर पुगेका थिए। घर पुगेपछि उनी गाउँमा बाक्लै हिँडडुल गरेको स्थानीयले बताएका छन्। घर फर्केपछि उनले छरछिमेकका बालबालिकालाई चकलेट बाँडेका थिए।

वडा नम्बर १ का अध्यक्ष शुभनारायण यादवले भने, ‘उनी साउदीबाट फर्केको दुई महिनाभन्दा बढी भइसकेको छ। कति मानिसको सम्पर्कमा आए, ठेगान छैन। हाम्रो गाउँ नै बर्बाद हुने भयो।’

गाउँपालिकाका स्वास्थ्य संयोजक हरि चौधरीले युवकलाई शनिबार दिउँसो धनगढीमाई नगरपालिकामा रहेको कोभिड अस्थायी अस्पतालमा लगिएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका