Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलाे महिलाको गरियो अन्त्येष्टी

नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलाे महिलाको गरियो अन्त्येष्टी

नेपालमा कोरोनाबाट  मृत्यु हुने पहिलाे महिलाको गरियो अन्त्येष्टी

काठमाडौं, ४ जेठ  । नेपालमा कोरोना भाइरसबाट १ जनाको निधन भएको छ भने संक्रमित हुनेको संख्या २ सय ८१ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुगेको हो । थप संक्रमित हुनेहरुमा धनुषाका २० वर्षीय र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह ९प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यसअघि शनिबार नै थप ११ जनामा संक्रमण पुष्टि भएको थियो । सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड– १९ बाट भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताएका छन् । नेपालमा कोभिड –१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।

अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उनी गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् ।

घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान मृत्यु थिएको थियो । उनको शनिबार नै अन्त्यष्टी गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शनिबार राति राजधानीको पशुपतिमा दाहसंस्कार गरिएको छ। पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले ती महिलाको शव विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका