Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ

काठमाडौँ, ३ जेठ  धुलिखेल अस्पतालमा बिहीबार साँझ मृत्यु भएकी एक महिलाको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ । उनको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु भएकी उनको कोरोनासँग मिल्दो लक्षण देखिएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरी महिला १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् ।

आठ दिन अघि शिक्षण अस्पताल काठमाडौंबाट सुत्केरी भई घर फर्केकी ती महिलामा स्वास्थ्यमा समस्या आएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।

उनले वैशाख २३ गते शिक्षण अस्पताल महाराजगञ्जमा बच्चा जन्माएकी थिइन् । र उनको लक्षण कोरोनासँग मिलेपछि अस्पताल सिल गरिएको छ । कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका