Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • लायन्स क्लब अफ पोखरा पिस सिटीमा अधिकारी चयन

लायन्स क्लब अफ पोखरा पिस सिटीमा अधिकारी चयन

लायन्स क्लब अफ पोखरा पिस सिटीमा अधिकारी चयन

पोखरा, ३ जेठ । लायन्स क्लब अफ पोखरा पिस सिटीले अनलाईन (भर्चुअल) बैठकबाट लायन वर्ष २०२०÷२०२१ को लागि नयाँ नेतृत्व चयन गरेको छ । कोभिड–१९ (कोरना भाईरस) महामारीका कारण मुलुकभर कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गर्दै क्लबले शनिवार निर्वाचन सम्पन्न गरेको छ ।

लायन बर्ष २०२०÷२१ को लागि प्रस्ताविक अध्यक्षमा क्लबका प्रथम उपाध्यक्ष रामप्रसाद अधिकारीलाई सर्वसम्मत निर्वा्चित गरेको छ । साथै क्लबले प्रथम उपाध्यक्षमा राजेश रानाभाट, द्वितीय उपाध्यक्षमा ई हरीप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा युवराज खनाल, सचिवमा दीपेन्द्र चालिसे, क्लब प्रशासकमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा प्रमोद ओझा र सह–कोषाध्यक्षमा पुष्पराज पौडेल चयन गरेकोे छ ।

यसै गरी मेम्बरशिप चियरपर्सनमा तिर्थराज सुवेदी, एलसिआइफ कोर्डिनेटरमा दिवश कुवँर, क्लब सर्भिस चेयरपर्सनमा रविकुमार श्रेष्ठ, क्लब कम्यूनिकेशन एण्ड मार्के्टिंग चेयरपर्सनमा लोकेन्द्र अर्याल साथै निर्देशकहरुमा ई राजेन्द्र ढकाल, शैलेश रायमाधी, बलराम केसी, डा असिम सुवेदी, लोकनाथ अधिकारी, रमेश बराल लगाएत चयन हुनुभएको निर्वाचन संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष हरीराम पराजुलीले जानकारी दिनुभयो।

क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, पूर्व अध्यक्षहरु प्रशान्तराज धमला, खेमनारायण काफ्ले, टंकराज अधिकारी, जिवन ढुंगाना, निवर्तमान अध्यक्ष हरीराम पराजुली लगाएतले नव निर्वा्चित अध्यक्ष लगाएत सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना ब्यक्त गर्दै क्लबले अघि सारेका कार्यहरुका साथै डिस्ट्रिक्टले अवलम्ब गर्ने कार्यक्रमहरुलाई प्राथमिकता साथ सम्पन्न गर्न जोड दिनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष रामप्रसाद अधिकारीले क्लबले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिदै क्लबलाई अझै शशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्दै क्लबका साथीहरूको भरपुर सहयोग र सपोर्टको लागि आग्रह गर्नु भएको थियो ।

क्लबका अध्यक्ष अर्जुन सिग्देलकोे अध्यक्षतामा बसेको अनलाईन बैठकले अहिले यस्तो बिषम परिस्थितीमा पनि लायन्सले पु्र्याउदै आएको सेवा, आम मानिसले भोग्नु परेका समस्याहरुका सम्बन्धमा गहन छलफल गरी तत्काल चाल्नुपर्ने कदमका बिषयमा आवश्यक निणर्य समेत गरिएको क्लबका सचिव युवराज खनालले जानकारी दिनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका