Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • लुम्बिनीमा पाँच हजार व्यक्ति रहन मिल्ने ध्यान केन्द्र सञ्चालनमा आउने

लुम्बिनीमा पाँच हजार व्यक्ति रहन मिल्ने ध्यान केन्द्र सञ्चालनमा आउने

लुम्बिनीमा पाँच हजार व्यक्ति रहन मिल्ने ध्यान केन्द्र सञ्चालनमा आउने

काठमाडौँ,  ३ जेठ ।  सरकारले आगामी आर्थिक वर्षमा लुम्बिनीमा निर्माणाधीन पाँच हजार व्यक्ति क्षमताको ध्यान केन्द्र तथा सभागृह सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०७७÷२०७८ नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्र विस्ता र गर्न बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

रामग्राम गुरुयोजना कार्यान्वयन गर्ने तथा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने नीति पनि सरकारले लिएको छ ।

नेपालको भाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण र सम्वद्र्धनलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । प्रतिलिपि अधिकार प्रत्याभूत गर्ने नीति पनि सरकारले लिएको आज सार्वजनिक गरिएको कार्यक्रममा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका