Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • तराईबाट तरकारी बोकेर आएको साधनलाई व्यास नगरपालिकाले पठायाे फिर्ता

तराईबाट तरकारी बोकेर आएको साधनलाई व्यास नगरपालिकाले पठायाे फिर्ता

तराईबाट तरकारी बोकेर आएको साधनलाई व्यास नगरपालिकाले पठायाे फिर्ता

दमौली, २ जेठ । रातिको समयमा मदिरा र तरकारी ल्याएको सवारी साधनलाई तनहुँको व्यास नगरपालिकाले फिर्ता पठाएको छ । बुधबार राति खाद्यान्न लेखिएको सवारी साधनमा मदिरा र कस्मेटिक सामग्री ल्याएको र तराईका जिल्लाबाट तरकारी बोकेर आएको १० सवारी साधनलाई नगरपालिकाले बिहीबार फिर्ता पठाएको हो ।

व्यास नगरपालिका, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइलगायतले गरेको अनुगमनका क्रममा वीरगञ्जबाट तरकारी र मदिरा लिएर आएको सवारी साधनलाई तनहुँको सिमाना मुग्लिन कटाएर फिर्ता गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइ सभापति राजकुमार श्रेष्ठका अनुसार ग १ क ३०१० र ग १ क २४७९ नं को मिनी ट्रकले मदिरा ढुवानी गरेको भेटिएको थियो । अनुगमनका क्रममा प्रदेश ३ ०१००५ ख ९८९०, ग ३ च १७१०, ग १ ख ६६०५, ग २ च १३८३, लु २ च ६६२४, ग १ क २३८० नं को सवारी साधन नियन्त्रणमा लिएका थिए ।

उक्त सवारी साधनमा सुनौलीबाट खर्बुजा, कोरोना सङ्क्रमण देखिएका जिल्लाबाट तरकारी, खाद्यान्न सामग्री भन्दै खेलौना र कस्मेटिक सामग्री ल्याएको भेटिएको थियो । अन्य प्रदेशबाट तनहुँमा खाद्यान्न आयात गर्न रोक लगाइएकाले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर फिर्ता पठाइएको व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका