Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  •  तनहुँको साँगेखोलामा डुबेर १२ वर्षीय बालकको मृत्यु

 तनहुँको साँगेखोलामा डुबेर १२ वर्षीय बालकको मृत्यु

 तनहुँको साँगेखोलामा डुबेर १२ वर्षीय बालकको मृत्यु

दमौली, २ जेठ । तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथीहरुसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका