Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • चौतर्फी बिरोधपछि बल्ल मिल्याे पूर्वराजालाई झापाबाट काडमाडौं आउने पास

चौतर्फी बिरोधपछि बल्ल मिल्याे पूर्वराजालाई झापाबाट काडमाडौं आउने पास

चौतर्फी बिरोधपछि बल्ल मिल्याे पूर्वराजालाई झापाबाट काडमाडौं आउने पास

काठमाडौं, २ जेठ । लकडाउनका कारण पूर्वको झापामा रोकिनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले काडमाडौं आउने सवारी पास पाउनु भएको छ । गृह मन्त्रायले अनुमति दिएपछि झापा जिल्ला प्रशासनले पूर्वराजा शाहलाई सवारी पास दिएको हो ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिनुभएको थियो । पूर्व राजा शाहलाई सवारी पास दिनको लागि प्रशासनले गृहसँग अनुमति मागेको थियो । तर गृहले सो निवेदन खारेज गरेको थियो ।

पास खारेज भएपछि प्रशासनले पुनस् पासका लागि गृहसँग अनुमति मागेको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालयले गृहसँग अनुमति मागेपछि गृहले पूर्व राजा शाहलाई सवारी पास दिन अनुमति दिएको हो ।

बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास नदिइएको भन्दै आम नागरिक स्तरमा व्यापक विरोध समेत भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो ।

निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । कोभिड (१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनीहरू झापा पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका