Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • लहान बजार भित्रका १२५ विपन्नलाई एक दम्पतीले गरे राहत वितरण

लहान बजार भित्रका १२५ विपन्नलाई एक दम्पतीले गरे राहत वितरण

लहान बजार भित्रका १२५ विपन्नलाई एक दम्पतीले गरे राहत वितरण

लहान, १ जेठ । सरकारले गरेको लकडाउनको मारमा परेका सिरहाको लहान बजार क्षेत्रभित्रका १२५ विपन्न, गरिब तथा मजदुर परिवारलाई एक दम्पतीले आज बिहान राहत वितरण गरेका छन् ।

लहान निवासी महेश चौधरी र उहाँकी पत्नी सङ्गीता कर्माचार्यले लहान बजार क्षेत्रमा ठेला, रिक्सा, चियापसल तथा चटपटे पसल गरी जीवन गुजारा गर्दै आएका मजदुर, विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

लहानस्थित एपोलो ॐ स्कुलका सञ्चालक चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य कर्माचार्यले प्रतिपरिवार चामल १० केजी, दाल, नुन र आलु र सोयविनलगायत सामग्री राहत स्वरुप वितरण गर्नुभएको छ ।

लामो समयदेखि जारी लकडाउनका कारण मजदुरी बन्द हुँदा छाक टार्न समस्यामा परेका विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिएको चौधरीले बताउनुभयो । ती दम्पतीले लकडाउन भएको पहिलो सातादेखि नै लहानका विभिन्न स्थानमा दैनिक मजदुरी गरीखाने अतिविपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका