Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • जेठ १ देखि ५ सम्म गोरखा प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द , जिल्ला सिल

जेठ १ देखि ५ सम्म गोरखा प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द , जिल्ला सिल

जेठ १ देखि ५ सम्म गोरखा प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द , जिल्ला सिल

राजेन्द्र न्यौपाने, गोरखा, १ जेठ । कोरोना भाइरस रोकथाम नियन्त्रण र व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति र कोरोना क्राइसिस मेनेजमेन्ट  सेन्टरको  संयुक्त वैठकले जेठ १ गतेदेखि ५ गते सम्म गोरखा जिल्ला प्रवेश गर्ने पाँच वटा नाका पूर्ण रुपमा बन्द गरी जिल्ला सिल गर्ने निर्णय गरेको छ ।

बैंक तथा वित्तिय संस्था, सरकारी कार्यलय पूर्ण रुपमा बन्द रहनेछन् । खाद्यन्न , तरकारी दुधजन्य पदार्थ सबै पदार्थ बोक्ने गाडिहरु पूर्ण
रुपमा बन्द हुनेछन् । जिल्लामा प्रयाप्त खाद्यन्न भएकोले उक्त पसलहरु समय मिलाएर खोल्न छुट हुनेछ । मासुजन्य पसलहरु खुला हुनेछन् ।

अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । जिल्लाको आरुघाट, सिउरेनीटार, मझुवा, नयाँपुल, तुरतुरे गरी पाँच स्थानमा चौविसै घण्टा सुरक्षाकर्मी खटाई जिल्ला प्रवेशलाई निषेध गर्ने नीति
जिल्लाको कमाण्ड पोष्टले लिएको छ । विरामी बोकेका भैपरी आउने प्रकोप, लास बोक्ने गाडिका लागि भने सवारी चलाउन सहजीकरण गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका