Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • सङ्खुवासभामा सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त खानेकुरा वितरण

सङ्खुवासभामा सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त खानेकुरा वितरण

सङ्खुवासभामा सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त खानेकुरा वितरण

खाँदबारी, ३१ वैशाख । सङ्खुवासभाको चैनपुर नगरपालिकामा सुत्केरी तथा गर्भवती महिलालाई राहत वितरण गरिएको छ । चैनपुर नगरपालिकाको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा चैनपुरका सबै वडामा निम्न आयस्तर भएका सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरिरहेको समितिका अध्यक्ष लवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

समितले पोषणयुक्त खानेकुरासहितको राहत उपलब्ध गराएको हो । सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, गेडागुडी, तेल, नुन र ज्वानोलगायताका राहत सहयोग गरेको उहाँले बताउनुभयो । यसैगरी कोभिड–१९ सुरक्षा सामग्री साबुन, मास्क र सुत्केरी महिलाका लागि स्यानेटरी प्याडसमेत वितरण गरिएको छ ।

यसरी वितरण गरिएको राहत प्रतिगर्भवती महिलालाई रु दुई हजार ७५० र सुत्केरी महिलालाई रु १३० बराबरको स्यानेटरी प्याड थप गरी रु दुई हजार ८८० बराबरको रकम पर्न आउने ध्यक्ष श्रेष्ठको भनाइ छ । सामाजिक दूरी कायम गर्दै नगरको ११ वटै वडामा रहेका १५३ सुत्केरी तथा गर्भवती महिलालाई राहत वितरण गर्ने समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका