Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • ‘अब गण्डकी प्रदेशमा पनि कोरोनाको संक्रमण विस्तार हुनसक्छ’: धनञ्जय दवाडी

‘अब गण्डकी प्रदेशमा पनि कोरोनाको संक्रमण विस्तार हुनसक्छ’: धनञ्जय दवाडी

‘अब गण्डकी प्रदेशमा पनि कोरोनाको संक्रमण विस्तार हुनसक्छ’: धनञ्जय दवाडी

पाेखरा,  ३१ वैशाख । बागलुङमा भेटिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित निको भएपछि सुरक्षित भनिएको गण्डकी प्रदेशभित्र लकडाउन केही खुकुलो बनाइएको छ । प्रदेश सरकारले सुरक्षा मापदण्ड पालना गरेर अत्यावश्यक उद्योग, विकास निर्माण र कृषि उत्पादन सुरु गर्ने निर्णय गरेको छ । यसले बजारमा चहलपहल मात्र बढेको छैन भारत र अन्य प्रदेशबाट गण्डकी प्रदेश भित्रनेको संख्या पनि बढिरहेको छ ।

कोही भारतदेखि त कोही अन्य सवारी पास बोकेर गण्डकी प्रदेशका विभिन्न जिल्ला पुगेका छन् । लकडाउनकै बेला बागलुङबाट पोखरा हुँदै पर्सामा पुगेका १४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसले ग्रिन जोन भनिएको गण्डकीमा जोखिम बढेको सरोकारवाला बताउँछन् । नेपालमा कोरोनाको संक्रमणको संख्या तीव्र गतिमा बढिरहेका बेला गण्डकी प्रदेश प्रवेश नरोकिँदा बढी जोखिम बढेको डा. श्रीकृष्ण श्रेष्ठ बताउँछन् ।

‘गण्डकीमा कोरोना देखिए पनि निको भइसक्यो । त्यो हिसाबले गण्डकी प्रदेश अहिलेसम्म सुरक्षित नै देखिन्छ । अहिले गण्डकी प्रदेशमा भित्रिरहेका तरकारी, खाद्यान्न, दूध, कच्चा पदार्थका गाडीमा भारत तथा अन्य प्रदेशबाट मानिसहरु आउने गरेका छन् । ‘गाडीले पृथ्वीचोक मण्डीमा ल्याउने गरेको पायौं,’ शान्ति वन बाटिकाका तरकारी तथा फलफूल उपज केन्द्रका एक पूर्वअध्यक्ष भन्छन्, ‘यस्तै अवस्था हो भने यहाँको अवस्था पनि भयावह हुन सक्छ ।’

मानिसहरु आउने क्रम नरोकिने र समुदायस्तरमा परीक्षणको दर पनि कम भएका कारण जोखिम बढेको सांसद धनञ्जय दवाडीले बताउँछन् । ‘अब गण्डकी प्रदेशमा पनि कोरोनाको संक्रमण विस्तार हुनसक्छ,’ उनले भने, ‘प्रदेश सरकारको ध्यान कम भयो ।’

पोखरा बाहिर जान र आउन रोक लगाउनु पर्ने सामाजिक अभियान्ता तीर्थ श्रेष्ठ बताउँछन् । ‘आइसकेकाहरुको पहिचान गर्ने, क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गराउन सरोकारवाला निकायले अग्रसरता देखाउनु आवश्यक छ,’ श्रेष्ठले भने, ‘पोखरालाई सुरक्षित ठानेर आश्रय लिन आउनेहरुको संख्या अझ बढ्ने सम्भावना छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका