Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • ”मातृभुमीका लागि नेपाली युवा ज्यान लिन र दिन पनि तयार छन” : विचार

”मातृभुमीका लागि नेपाली युवा ज्यान लिन र दिन पनि तयार छन” : विचार

”मातृभुमीका लागि नेपाली युवा ज्यान लिन र दिन पनि तयार छन” : विचार

स्याङजा, ३१ वैशाख । नेपालमा मात्र होइन बिश्व नै संकटमा भएको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । बिश्व नै कोराना भाइरस संग डराएको बेला हामी भने हाम्रो छिमेकी मुलुक भारत संग पनि डराउन पर्ने भयो ।

नेपालमा सिमा बिबाद बेला बेलामा आउँछ ,भारतले पटक पटक गरी नेपाली सिमा मिचेको हामीले नेपालको पुरानो नक्सामा हेर्ने हो भने थाहा पाइन्छ । पछिल्लो समयमा लिपुलेक,लिम्पियाधुरा , कालापानी बिबादमा आएको थियो ।

अहिले लिपुलेकमा भारत सरकारले बाटो खनेको छ । यो कुरालाई लिएर समाजीक सजलमा भारत बिरुद्ध नेपालीहरुले बिरोध गरिरहेका छन् । केहि महिना अगाडी भारत आफ्नो नक्सा निकाल्दै नेपालको लिपुलेक,लिम्पियधुरा,कालापानी बिबाद आउदा नेपालि प्रधानमन्त्री के पी ओली ज्यु नेपाल सरकार मार्फत कुटनीतिक पहल गर्नु भएको थियो तर अहिले भारतको दादागिरी देख्दा कुटनीतिक पहलले मात्र केहि होला जस्तो छैन ।

यस विषयमा नेपाल सरकार गम्भीर नभएको जस्तो लाग्छ । म प्रधानमन्त्री ज्यु संग आग्रह गर्न चाहन्छु , प्रधानमन्त्री ज्यु तपाईले भनेको पानी जहाज,रेल,मोटर,पाइप लाइन ग्यास हामीलाई चाहँदैन । तपाईं केबल नेपाली माटोमा कोहीलाई हात हाल्न नदिनुहोस् । नाकाबन्दीको बेला राष्ट्रबादी कुरा गर्ने तपाई अहिले यस्तो गम्भीर बिषयमा किन महुन हुनुहुन्छ ।

नेपाली विर गोरखाली पुर्खाले बचाएको नेपाली भुमि हामी छिमेकी राष्ट्रले बाटो लादा कसरी सहने प्रधानमन्त्री ज्यु । प्रधानमन्त्री ज्यु बिश्वमा अदालत जस्ता धेरै निकाय छन् । जाहा जे गर्न पर्छ गर्नु। तपाईं साहस गर्नु हिम्मत जुटाउनु नेपाली युवाहरू मातृभुमीका लागि लड्न तयार छन् ,ज्यान लिन पनि तयार छन र दिन पनि तयार छन ।

हामी हाम्रो मातृभुमीका लागि जे पनि गर्न तयार छाैँ । हामी तपाईंलाई सहयोग गर्न तयार छाैँ । प्रधानमन्त्री ज्युले भन्नु भयो “भारतले बाटो खनेको थाहै पाइनँ ,पत्रपत्रिका बाट थाहा भो ,म त छक्क परे ” यो भन्दा अलिकति  लाज लागेन तपाईलाई , लाजमर्दो कुरा नगर्नु मातृभुमि बचाउनु।

जय नेपाल ।

स्याङ्जा जिल्ला -सदस्य ने बि संध जनप्रिय बहुमुखी क्याम्पस ईकाई – सचिव

हिक्मत जंग कार्की

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका