Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • देवघाट गाउँपालिकाकाे कोरोना उपचार कोषमा नेकपाको आर्थिक सहयोग

देवघाट गाउँपालिकाकाे कोरोना उपचार कोषमा नेकपाको आर्थिक सहयोग

देवघाट गाउँपालिकाकाे कोरोना उपचार कोषमा नेकपाको आर्थिक सहयोग

दमौली, ३१ वैशाख । तनहुँको देवघाट गाउँपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँ कमिटीले रु रु दुई लाख ६९ हजार ५५ सहयोग गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण र बन्दाबन्दीबाट प्रभावितलाई राहत वितरणका लागि खडा गरिएको कोषमा नेकपाले उक्त सहयोग गरेको हो ।

पार्टी अध्यक्ष भुवनसिंह गुरुङले गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालाई रकम हस्तान्तरण गर्दै नेकपा जनताको दुःखमा सदैव साथमा रहेको उल्लेख गर्नुभयो । पार्टीका कार्यकर्ता तथा शुभेच्छुकबाट सङ्कलन गरिएको उक्त रकमले गाउँपालिकाको अभियानमा सहयोग पुग्ने गुरुङले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाको अभियानमा साथ दिएकामा नेकपाप्रति आभार व्यक्त गर्नुभयो । गाउँपालिकाले कोरोना कोषमा सहयोग गर्न सबैलाई आह्वान गरेको छ । नेकपाले जिल्लाका विभिन्न स्थानीय तहमा खडा गरिएको कोरोना कोषमा सहयोग गरेका छन् ।

हालसम्म नेकपाले व्यास नगरपालिकामा रु एक लाख ११ हजार १११, भीमाद नगरपालिकामा रु दुई लाख २१ हजार, आँबुखैरेनी गाउँपालिकामा रु एक लाख १७ हजार ७१७, म्याग्दे गाउँपालिकामा रु एक लाख ३९ हजार ६५५ र बन्दीपुर गाउँपालिकामा रु एक लाख ५१ हजार सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका