Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • अमेरिकालाई तत्कालै ‘गल्ती सच्याउन’ चीनकाे आग्रह

अमेरिकालाई तत्कालै ‘गल्ती सच्याउन’ चीनकाे आग्रह

अमेरिकालाई तत्कालै  ‘गल्ती सच्याउन’ चीनकाे आग्रह

बेइजिङ, ३० वैशाख । चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ ।

साथै अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो । अन्नपूर्णपोष्टमा खबर छ ।

आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने चीनले जनाएको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ । ‘हामी यसको विरुद्ध कडा विरोध र असन्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो गल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका