Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • नेपाली चेली अमात्यलाई बेलायतमा शाही सम्मान साथ मानवता सेवा पुरस्कार

नेपाली चेली अमात्यलाई बेलायतमा शाही सम्मान साथ मानवता सेवा पुरस्कार

नेपाली चेली अमात्यलाई बेलायतमा शाही सम्मान साथ मानवता सेवा पुरस्कार

बिजय थापा / डिसी, ३० वैशाख । काठमाडौँ जावलाखेल भै हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ ।

उनलाई बेलायती शाही परिवारद्वारा उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मुल्यांकन गर्दै उनलाई उक्त सम्मान गरिएको हो । बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान पाइने उच्च पुरस्कार हो ।

उक्त पुरस्कार १९ वटा अन्य राष्ट्रहरुका व्यक्तिहरुलाई अमात्य सहित सम्मान गरिएको छ । जसमा बेलायत, क्यानाडा, मलेसिया, नाईजेरिया,तान्जेनिया र भारत समेत रहेका छन् ।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन्। गत बर्ष २०१९ मा अमात्यले डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भै सकेकी थिइन् । उक्त पुरस्कार कन्चन अमात्यकि आमा कृष्ण अमात्यले ग्रहण गर्नु भएको थियो ।

आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा (कन्चन) पाएकोमा अत्यन्त गर्व गर्छु भन्नु भएको छ । कन्चनले उक्त पुरस्कार अन्तरराष्ट्रिय आमा दिवसको अवसरमा म यो पुरस्कार विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् । र जसले सबै कठिनाइहरूको बाबजुद पनि – मेरो उत्तम पालनपोषण सम्भव भएको जनाएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका