Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • लकडाउनको मारमा परेका परिवारलाई यूकेबाट सहयोग

लकडाउनको मारमा परेका परिवारलाई यूकेबाट सहयोग

लकडाउनको मारमा परेका परिवारलाई यूकेबाट सहयोग

पोखरा, २९ बैशाख । पोखरा नेपाल–यूके फाउन्डेशनको विशेष सहयोगमा ‘जक्शन ग्रुप प्रालि’ले लकडाउनको मारमा परेका निम्न वर्गका ६५ परिवारलाई खाद्यान्न वितरण गरेको छ । करिब साढे २ लाख बराबरको खाद्यान्न वितरण गरिएको जक्शन ग्रुप प्रालिले जनाएको छ ।

‘पोखरा नेपाल–यूके फाउन्डेशन’ नेपालमा आउने विभिन्न विपद्मा नेपालीको सहयोगका लागि यूकेमा स्थापित सामाजिक संस्था हो । पोखराका भीम महेन्द्र गुरुङ र जगत गुरुङले संस्थागत रुपमा यूकेमा रहेका नेपालीहरुसँग सहयोग उठाएर जक्शन ग्रुपमार्फत सहयोग गरेका हुन् । उनीहरुको यो अभियानमा त्यहाँ रहेका करिब २ सय नेपालीहरुको योगदान छ ।

‘ यूकेमा रहेपनि नेपाललाई दुख्दा नेपाली मनलाई नदुख्ने कुरै भएन ।’ यूकेबाट अभियानकर्ता भीम महेन्द्र र जगत गुरुङले भने–‘त्यही भएर हामीले सकेको केही सहयोग गरेका हौँ । र, आगामी दिनमा पनि विपद्ले समस्यामा परेका नेपालीहरुको लागि हामीले सहयोग गरिरहनेछौँ ।’

सिनेम्याटोग्राफर प्रकाश गुरुङ ‘काश’को विशेष सँयोजनमा जक्शन ग्रुप प्रालिले सहयोग वितरण गरेको हो । प्रकाश लामो समय यता पोखराको मिडियामा कर्म गर्दै आएका छन् । विशेष गरि गुरुङ भाषा र सँस्कृतिमा बन्दै आएका फिल्महरुमा आफ्नो बलियो प्रभाव बनाएका प्रकाश नेपाली सिनेमा उद्योगमा पनि स्थापित हुने क्रममा छन् ।

‘यूकेमा रहेका केही साथीहरुले विपद्को बेलामा अप्ठेरोमा परेका नेपाली दाजुभाईलाई सहयोग गर्ने गरि रकम पठाउनुभएको थियो । र, हामीले ६५ परिवारका २ सय भन्दा बढिलाई प्रत्यक्ष लाभ हुने गरि खाद्यान्न उपलब्ध गराईसकेका छौँ ।’ यो अभियानलाई सहजीकरण गरिरहेका प्रकाश गुरुङ ‘काश’ले भने–‘यो अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिन चाहन्छु ।’

‘जक्शन ग्रुप प्रालि’मार्फत खाद्यान्न वितरणको चाँजोपाँजो मिलाईएको थियो । ‘हामीले कोरोना कहर र यो विपद्का कारण समस्यामा परेका थुप्रै मानिसहरुको अवस्था मिडियामार्फत प्रस्तुत गरेका थियौँ ।’ जक्शन ग्रुपका प्रबन्ध निर्देशक अरुण गिरीले भने–‘त्यही भिडियो देखेपछि फाउन्डेशनले सहयोग वितरणको जिम्मा हामीलाई दिएको हो ।’

सहयोग प्राप्त गरिसकेपछि समस्यामा परेका व्यक्तिहरुले फाउन्डेशनलाई धन्यबाद ज्ञापन गरेका थिए । समस्याको बेलामा आफ्नै नजिककाले सहयोग नगरिरहेको अवस्थामा देशबाहिर रहेका नेपालीले सहयोग गरेकोमा उनीहरु खुशी देखिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका