Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • ”मेरो देश आफ्नो स्वाभिमान” : विचार

”मेरो देश आफ्नो स्वाभिमान” : विचार

”मेरो देश आफ्नो स्वाभिमान” : विचार

अमृत थापा, २८ वैशाख । आज स्वतन्त्र मुलुक मेरो देश आफ्नो स्वाभिमानको शिर निहुराएको छ गद्दार नेताहरुले गर्दा नेपाल आमा रोइरहेकी छिन मेरो देशमा देशद्रोही राष्ट्रघाति भ्रष्टहरुले देशलाई खोक्रो पारी रमाइरहेका छन् ।

नेपाल आमाको छातीमा लात हानेर आफ्नो लागी स्वार्थले भरिएको महलमा रमाउछन । लाखौ करोडौ कालो धन थुपारेर जनताको रगत चुसेर गरिब जनताका आशुमा पौडि खेल्दै मोज मस्ती गरि रहे।

न्यायको लागी आवाज उठाउ सुन्ने कोही छैन हरेक ठाउँमा भष्ट्राचारीहरुले राज गरिरहेका छन। सानो झुपडि एक छाक खानको लागी दिनभर ठेला उठुन्जेल काम गर्ने जनता माथी बुट बर्जन्छ । नेताहरु फेरिफेरि कार चड्छन ।

तर जनता भोकभोकै सडकमा रात बिताउछन । माहामरिमा गरिब मजदुर लाई राहत बाड्दा हतकडी लगाएर जेलमा कोचिन्छ । बाहिर देशको नागरिक बाट सिंहदरबारमा पुलिस कुटिन्छन , सिमानामा ट्रक कुद्छन, राष्ट्रबादी सरकार सुत्केरी आइमाई जस्तो सुतिरहन्छ। एसैको लागि ल्याएको हो लोकतन्त्र ?

गरिब जनताको ठुला महलमा बस्ने र चिल्ला कार चढ्ने सपना पक्कै थिएन कसैको , केवल बाचुन्जेल खुशी खुशी पेट भरी खान चाहन्छौ तर हाम्रो बारेमा सोच्ने कोही छ, छैन। नेपालमै रोजगारीको अवसर सिर्जना गरेर बिदेशिनु पर्ने समस्या मेटाइदिए हामी अरु केही चाहन्थेनौ केवल आफ्नै भुमिमा पसिना बगाएर आफ्नाहरुको काखमा रमाउने मात्र चाहाना हो।

देश बिकास गर्न पहिले भष्ट्राचारीहरुलाइ पाखा लगाउनु जरुरी छ । प्राकृतिक सम्पदाले भरिपुर्ण देश स्रोत पर्याप्त भएर पनि सही बाटो भेट्न नसकेर उत्तानो परेको मेरो देश। तस्करी ,हत्या हिंसा बलात्कार जस्ता सामाजिक अपराधहरुको अन्त्य हुनुपर्ने ठाउमा उल्टै देशका भ्रष्ट्रहरुबाट प्रोत्साहन पाउछन । पिडितले न्याय पाउने आसै छैन ।

कानुन अपराधीलाई सजाय दिने ठाउमा पैसावाला राक्षसहरुलाइ बचाउनको लागि बन्यो । गरिब जनता पिसिरहे। आखिर कति सहनु अब त अत्ति भो आफ्नो लागी आफै लड्ने बेला आएको छ। देश द्रोही हरुले गोर्खालिको शिर झुकाइ सके१

यादगर टाउके हो ७० बर्सका भक्ती थापाले दुश्मन का सिर केराका दाम्चा काटे जसरी जनताले तिमीहरु भ्रष्टाचारि , रास्ट्रघाती हरुको सिर काट्ने दिन अबस्य आउनेछ । ”अति गर तर अत्याचार नगर” जय स्वाभिमान ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका