Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • लकडाउनमा मनलाग्दी ‘पास’ ले गर्दा प्रहरीलाई हैरानी

लकडाउनमा मनलाग्दी ‘पास’ ले गर्दा प्रहरीलाई हैरानी

लकडाउनमा मनलाग्दी ‘पास’ ले गर्दा प्रहरीलाई हैरानी

काठमाडौं,२७ बैशाख । कोरोना संक्रमणको सन्त्रासपछि देश बन्दाबन्दीमा छ । सडकमा अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट पास लिएका सवारीबाहेक अन्यलाई चल्न बन्देज लगाइएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयले आवश्यक कामका लागि सवारी साधनलाई कागजात पुर्याएर ‘पास’ दिँदै आएका छन् ।

तर, देशभरका कतिपय स्थानीय तहले भने आफूखुसी आफ्ना स्थानीय तहभित्रका नागरिकले माग गरेअनुसार काम चलाउ सिफारिस तथा पास बनाइदिँदा एकातिर सडकमा यात्राका क्रममा उनीहरूले हैरानी भोग्दै आएका छन् । अर्कातिर सडकमा खटिएका प्रहरीसमेत चेकजाँचका क्रममा त्यस्ता सिफारिस तथा पासबाट आजित छन् ।

नेपाल प्रहरीका एक प्रहरी अधिकृतले कतिपय स्थानीय तहका अध्यक्ष, वडाध्यक्ष र सचिवले सवारी नम्बर र यात्रु संख्यासमेत तोकेर ‘आवश्यक सहजीकरण गरिदिनू’ भन्दै आफूखुसी सिफारिस बनाएर पठाउने गरेको बताएको आजको राजधानी दैनिकमा खवर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका