Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • हात्तीको आक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु

सप्तरी, २५ वैशाख । हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले बताउनुभयो । जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ ।

जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ । दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तो-डफो-ड गरेर खाद्यान्न खाई क्षति पुर्याएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका