Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • उदयपुरका ३१ जना कोरोना संक्रमितमध्ये ६ जना निको

उदयपुरका ३१ जना कोरोना संक्रमितमध्ये ६ जना निको

उदयपुरका ३१ जना कोरोना संक्रमितमध्ये ६ जना निको

विराटनगर, २४ वैशाख। विराटनगरमा उपचार गराइरहेका उदयपुरका ३१ जना कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिनुभयो ।

उहाँले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण(पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताउनुभयो । उनीहरु सबै भारतीय नागरिकहरु हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिनु भयो । केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताउनभयो । उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिनु भयो । कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आज डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका