Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • नेकपा व्यास नगर कमिटीद्धारा नगरपालिका कोषमा एक लाख ११ हजार सहयोग

नेकपा व्यास नगर कमिटीद्धारा नगरपालिका कोषमा एक लाख ११ हजार सहयोग

नेकपा व्यास नगर कमिटीद्धारा नगरपालिका कोषमा एक लाख ११ हजार सहयोग

दमौली, २४ वैशाख ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले व्यास नगरपालिकालाई रु एक लाख ११ हजार १११ प्रदान गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नगरपालिकालाई उक्त रकम सहयोग गरेको हो ।

पार्टी नगर अध्यक्ष श्रीराम कार्कीले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई मङ्लबार सो रकम हस्तान्तरण गर्दै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सिङ्गो पार्टी नगरपालिकाको साथमा रहेको बताउनुभयो । नगरप्रमुख न्यौपानेले नगरपालिकाको अभियानमा साथ दिएकामा नेकपाप्रति आभार व्यक्त गर्नुभयो ।

बन्दीपुर गाउँपालिकाले खडा गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ ।

उक्त कोषमा नेकपा बन्दीपुर गाउँ कमिटीले रु एक लाख ५१ हजार र काँग्रेस बन्दीपुर गाउँ समितिले र एक लाख ५४ हजार सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । साथै नेकपा बन्दीपुर कमिटीले गाउँपालिकालाई रु एक लाख बराबरको खाद्यान्न सामग्रीसमेत सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका