Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • नेपालगञ्जका सात जनामा आज पनि देखियाे कोरोना सङ्क्रमण

नेपालगञ्जका सात जनामा आज पनि देखियाे कोरोना सङ्क्रमण

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पुग्याे ८२

नेपालगञ्जका सात जनामा आज पनि  देखियाे कोरोना सङ्क्रमण

काठमाडौँ, २३ वैशाख । बाँकेको नेपालगञ्जमा पुनः आज सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका छन् । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो ।

नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका