Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि दाङका सबै नाकामा कडाइ

नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि दाङका सबै नाकामा कडाइ

नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि दाङका सबै नाकामा कडाइ

दाङ, २२ वैशाख । छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोभिड–१९ संक्रमित भेटिएपछि दाङका सबै नाकामा कडाइ गरिएको छ । बाँकेबाट दाङको तुलसीपुर भित्रिने मुख्य नाका अमिलिया, भालुबाङ, शिवखोलाातिर कडाइ गर्न थालिएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

उहाँका अनुसार त्यस्तै भारतसँग सीमा जोडिएका कोइलाबास, धौवा, सिरिया, पटौली, सुनतखरीलगायत ३१ नाकामा पनि कडाइ गरिएको छ । तीमध्ये १० नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही स्थानमा चौबीसै घण्टा कडा जाँच गर्न थालिएको छ । एम्बुलेन्स, खाद्य पदार्थ, पेट्रोलियम पदार्थलगायत सवारी साधनलाई पनि कडा जाँच गरिने छ ।

एम्बुलेन्समा बिरामीसंँग दुई जनाभन्दा बढी कुरुवा लैजान नपाउनाका साथै अस्पतालमा बसेर आएकालाई होम क्वारेन्टाइनमा राखिने भएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताउनुभयो । नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्डसमेत राखिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका