Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • स्याङ्जा जिल्ला अस्पतालमा ‘फुट अपरेटेड ह्याण्ड वास सिस्टम जडान

स्याङ्जा जिल्ला अस्पतालमा ‘फुट अपरेटेड ह्याण्ड वास सिस्टम जडान

स्याङ्जा जिल्ला अस्पतालमा ‘फुट अपरेटेड ह्याण्ड वास सिस्टम जडान

स्याङ्गजा, २१ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19  को कारणले जनजीवन प्रभावित छ । यस समयमा सुरक्षित रुपमा हात धुनुको महत्त्व अत्याधिक छ । यसै कुरालाई मध्यनजर गर्दै प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) जिल्ला कमिटी स्याङ्जा र नेपाल इन्जिनियर्स एसोसिएसन (नेईय) गण्डकी प्रदेशद्वारा जिल्ला अस्पताल स्याङ्जालाई खुट्टाद्वारा चल्ने हात धुने प्रणाली (फुट अपरेटेड ह्याण्ड वास सिस्टम ) हस्तान्तरण गरिएको छ ।

हातले पटकपटक पानीको धारा र ह्याण्ड वास छुदा ब्याक्टेरिया सर्न सक्ने हुनाले हातले छुनै नपरी खुट्टाले चलाउने प्रणाली बनाईएको पिन स्याङ्जाका अध्यक्ष ई. टिकाराम रेग्मीले जानकारी दिनुभयो । ई. सन्तोष थापा र ई. रामचन्द्र गिरीले प्रणालीबारे जानकारी गराउनुभयो । उक्त कार्यक्रममा जिल्ला समन्वय महासंघ नेपालकी अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सीता कुमारी सुन्दास प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा अगाडी बोल्दै उहाँले प्राविधिक जनशक्तिले सामान्य कुरामा पनि विशेष आखाले हेर्न सक्ने र फरक तरिका अपनाउन सक्ने क्षमता भएको बताउनुभयो । विशेष अतिथिका रुपमा पुतलीबजार नगर प्रमुख सिमा क्षेत्री ज्युले इन्जिनियरहरुको यो कामले आफू उत्साहित भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेट डा.सुशील मरासिनीले पिनको सहयोगलाई अत्यन्तै उत्साहसहित ग्रहण गरेको र यसलाई थप परिस्कृत गर्न आफुले भुमिका खेल्ने बताउनुभयो। कार्यक्रममा जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष लोकराज शर्माले अध्यक्षता ग्रहण गर्नुभएको थियो । पिन स्याङ्जाका अध्यक्ष ई.टीकाराम रेग्मीले सन्चालन गरेको कार्यक्रममा सचिव ई. टेक खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका