Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लावासीलाई हवाई मार्गबाट उद्धार

नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लावासीलाई हवाई मार्गबाट उद्धार

नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लावासीलाई हवाई मार्गबाट उद्धार

कोहलपुर, २१ वैशाख । बाँकेको नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लावासीलाई उद्धार गरिएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा उनीहरुलाई हवाई मार्गबाट उद्धार थालिएको हो ।

हुम्लाबाट अध्ययन, रोजगार र अन्य कामका सिलसिलामा सुर्खेत र नेपालगञ्जमा आएका नागरिकलाई कर्णाली प्रदेश सरकारको पहलमा जिल्ला पुर्याउने व्यवस्था गरिएको हो ।

लामो समयसम्म लकडाउनमा परी खान र बस्न समस्या भएर अलपत्र परेकाहरुको उद्धार शुरु गरिएको कर्णली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।

उद्धार गरेर हुम्ला पठाइएका व्यक्तिलाई सम्बन्धित पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा राखिने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका