Samacharpati
शनिबार, जेष्ठ १७, २०७७

”गजल”

”गजल”

खडका महेन्द्र कुमार, फेदिखाेला २१ वैशाख ।

चार दिनको चन्द्रमा फेरि अँधेरी रात भए पछि
मुटु भित्रै बस्ने बाट आज मलाई घात भए पछि

यो मनमा बसन्तको कल्पना कसरी गरौं र मैले
दुई नयनबाट लगातार आँसुको बर्षात भए पछि

सोध्न त सोध्छन् के पिर पर्यो भनेर मलाई धेरैले
कुनचाहिँ सुनाउँ म पिरैपिरको यो खात भए पछि

भन्न भन्छन् माया र युद्धमा सबथोक जायज हुन्छ
एक हुन दिएन यो समाजले फरक जात भए पछि

बाआमाको इज्जत राख्न सकिन कि झैं लाग्छ नि
जहाँ पनि दुई जना जम्मा हुँदा मेरै बात भए पछि

आफन्तले पनि बेवास्ता गर्दा रहेछन् थाहा भयो त
जिन्दगी नै हाँगा बाट खसेको त्यो पात भए पछि

फेदिखोला १ विर्ता स्याङ्जा
खाडी बाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका