Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • कालिकोटका वडाध्यक्ष न्यौपानेमाथी कुटपिट

कालिकोटका वडाध्यक्ष न्यौपानेमाथी कुटपिट

कालिकोटका वडाध्यक्ष न्यौपानेमाथी कुटपिट

सुर्खेत, २१ वैशाख । घटना १ वैशाख १७ गते, कालिकोट पचालझरना गाउँपालिका-१ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। कोरोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद हुँदा कुटिएपछि उनी गम्भीर घाइते भएका छन्।

वडापालिकाको बैठक सकेर घर फर्किने क्रममा स्थानीय युवा उमेश न्यौपानेको नेतृत्वमा आएको समूहले वडाध्यक्षमाथि कुटपिट गरेको हो। उनको टाउकोमा ठूलो चोट लागेको छ।

घटना २ वैशाख १६ गते, हुम्लाको सर्केघाट गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्ष कर्णजंग शाहीमाथि कुटपिट भयो। गाउँपालिका(५ का वडाध्यक्ष शाहीमाथि प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बैठकमै हातपात गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा कर्मचारीको कार्यसम्पादनविरुद्ध स्टाटस लेखेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले वडाध्यक्षलाई बैठक कक्षमै कुटपिट गरे।

घटना ३ वैशाख ९ गते, जाजरकोट जुनिचाँदे गाउँपालिका-२ मजकोटका वडाध्यक्ष रामबहादुर नेपाली राजनीतिक प्रतिशोधका कारण आफ्नै कार्यकक्षमा कुटिएको घटना सेलाउन नपाउँदै गत साता फेरि जाजरकोट भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि कुटपिट भयो।

पछिल्लो पटक लकडाउनकै समयमा कर्णालीका जनप्रतिनिधि कुटिन थालेका छन्। कोरोना माहामारीको संक्रमणबाट बचाउन राहत, उद्धार तथा विकासका नाममा अनियमितता बढेको भन्दै जनप्रतिनिधि कुटिन थालेका हुन्।

आफ्नो पक्षलाई योजना दिएको, भ्रष्टाचार गरेको जस्ता आरोपमा जनप्रतिनिधिमाथि आक्रमण बढ्दै गएको छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका