Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • ”यो समय राजनीतिक भागबन्डाको होइन” (विचार)

”यो समय राजनीतिक भागबन्डाको होइन” (विचार)

”यो समय राजनीतिक भागबन्डाको होइन” (विचार)

अमृत थापा

चीनको वुहान सहरबाट सुरु भएको कोरोनाको महामारी यति बेला विश्व भरि फैलिएको छ र विश्व अहिले कोरोना महामारीको अवस्थाबाट गुज्रिरहेको छ । विश्वका उत्कृष्ट स्वास्थ्य प्रणाली मानिएका देशहरू पनि अहिलेको महामारी सामु निरीह देखिएका छन् ।

तर पनि विभिन्न किसिमका प्रभावकारी योजना बनाइ ,तिनीहरूको तीव्र व्यवस्थापन गर्दै कोरोना महामारी सँगको लडाइमा सङ्घर्षरत छन् ।यसरी विश्वका सम्पूर्ण देश हरू कोरोना माहामारि नियन्त्रण लागि सङ्घर्ष गरिरहेका छन् । विडम्बना मेरो देश नेपालमा यतिखेर राजनीतिक भागबन्डा,लुछाचुडि चलिरहेको छ ।

यो महामारी नियन्त्रण गर्न प्रभावकारी योजना बनाई अगाडि बढ्नु पर्ने बेला सरकार अहिले आफ्नै तालमा छ, कहिले अद्यादेस ल्याउने, कहिले पार्टी फुटाउने, प्रधानमन्त्री फेर्ने, अध्यक्ष थप्ने, चुनाव हारेको लाई प्रधानमन्त्री बनाउने, सासंदहरुको टाउको गन्ने, सत्ता गिराउने र टिकाउने समीकरण गरिरहेको छ । एकातिर दैनिक ज्याला मजदुरी गर्ने मानिसहरूको बिचल्ली छ,मानिसहरू ले सामान्य उपचार समेत पाउन सकेका छैनन्, राहतमा चलखेल छ, गरिबी छ, देशको अर्थतन्त्र बिग्रिँदै छ, तर सरकार मस्त राजनीतिक लुछाचुडिमा छ ।

निर्दयी सरकार यो समय राजनीतिक भागबन्डाको होइन,यो बेला त सरकार ले महामारी बाट आफ्ना नागरिक लाई जोगाउन को निमित्त प्रभावकारी योजना बनाई तिनीहरूको तीव्र व्यवस्थापन गर्नु पर्ने बेला हो ।

अब समय धेरै कम छ ,दिन प्रतिदिन कोरोना का बिरामीहरू बढिरहेका छन्,महामारीले उग्ररुप लिन सक्छ्र जतिसक्दो पी सी आर टेस्ट तीव्र गर्ने , मेडिकल सामाग्रीको तीव्र व्यवस्थापन गर्ने, लकडाउनको प्रभावकारी मोडालिटी तयार गर्ने,राहत वितरण प्रभावकारी बनाउने र देशको अर्थतन्त्र जोगाउन विभिन्न उपायहरूको खोजी गर्ने कार्य लाई प्राथमिकता दिनु पर्‍यो।

अब जनताहरूले बुझिसकेका छन् ,सरकारले हाम्रा लागि के गर्‍यो ? के गर्दै छ भन्ने कुरा ,बेलैमा सरकारले महामारीबाट आफ्ना देशका नागरिकहरूको जीवन रक्षाका लागि प्रभावकारी योजना बनाई, यसको तीव्र व्यवस्थापनमा ध्यान देवस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका