Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • अमेरिकामा कोरोनाबाट ६५ हजार ७ सय ६६ मृत्यु

अमेरिकामा कोरोनाबाट ६५ हजार ७ सय ६६ मृत्यु

अमेरिकामा कोरोनाबाट ६५ हजार ७ सय ६६ मृत्यु

काठमाडौँ, २० वैशाख । अमेरिकामा कोरोना भाइरसबाट ६५ हजार भन्दा बढीको मृत्यु भएको छ । आज बिहान सम्म कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ६६ पुगेको छ। डब्लू एचओले जनाएको छ । त्यस्तै संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार २ सय ८० पुगेको छ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५ सय ६३ जना उपचारपछि निको भएका छन् । महामारी चलीरहेकै समयमा अमेरिकाले नै कोरोनाको औषधी पत्ता लगाउन सफल भएको छ ।

रेमडेसिभिर नाम गरेको उक्त औषधी प्रयोगको अनुमति अमेरिकाको खाद्य तथा औषधी प्रशासनले दिएसँगै उक्त औषधीले ११ दिनमा बिरामीलाई ठिक पार्ने दाबी गरिएको छ ।

गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको र औषधीले कोरोना संक्रमितको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ ।

१८ अप्रिलमा रेमडिसिभिरको परीक्षण सफल भएको अमेरिकाले यसअघि नै दाबी गरेको थियो । अमेरिकाको औषधी प्रशासनले पहिलो पटक कोरोना भाइरसको संक्रमितमा प्रयोग गर्ने अनुमोदन गरेसँगै अमेरिकमा छुटै आशा र विश्वास पलाएको छ । जसका कारण विश्वले नै यो रोगबाट मुक्ती पाउने विश्वास राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका