Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • छिन्चु खोलामा बस्दै आएका राउटे समुदायलाई राहत वितरण

छिन्चु खोलामा बस्दै आएका राउटे समुदायलाई राहत वितरण

छिन्चु खोलामा बस्दै आएका राउटे समुदायलाई राहत वितरण

वीरेन्द्रनगर, २० वैशाख । भेरीगङ्गा नगरपालिकाको छिन्चु खोलामा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ । लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकबेँसी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा ४६ राउटे परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिघर ३० किलो चामल, पाँच लिटर तेल र १५० वटा माक्स वितरण गरिएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले जानकारी दिनुभयो । राहत पाएपछि राउटे समुदाय खुशी भएका छन् । लकडाउनले गर्दा उनीहरूले बनाएका काठका सामग्री घरमै थन्किएपछि खाद्यान्न अभाव भएको थियो ।

लकडाउनका कारण आफुले बनाएका काठका सामग्री बिक्री हुन छाडेपछि राउटेले समुदाय चिन्तित बनेका थिए । लकडाउनका कारण आफूहरुले बनाएका सामग्री बिक्न छोडेको राउटे युवा सूर्यनारायण शाहीले बताउनुभयो । काठबाट बनाइएका कोसी, मधुश, आरी र खाट लगायतका सामग्री विभिन्न गाउँ तथा बजारमा पुगेर अन्नसँग साट्न नपाएपछि समस्या भएको शाहीको भनाइ थियो ।

जङ्गली जनावरको शिकार गर्ने, जङ्गलमा पाइने काठबाट बनाइएका सामग्री बेचेरै जीविका चलाउनु उनीहरुको मुख्य पेशा हो । आफूलाई जङ्गलका राजा भनेर चिनाउने उनीहरुलाई अहिले दैलेख गुराँस गाउँपालिका र विभिन्न सङ्घसंस्थाले राहत दिने गरेका छन् ।

राउटे समुदायलाई गुराँस गाउँपालिकाले अस्थायी परिचयपत्र दिई गाउँपालिकाको नागरिकका रुपमा सेवा सुविधा दिँदै आएकोे छ । उनीहरुलाई गाउँपालिकाबाट भत्ता र स्वास्थ्य शिक्षामा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताउनुभयो । अध्यक्ष वलीले कोरोना भाइरसबाट बच्नका लागि उनीहरुको स्वास्थ्य परीक्षण र खाद्यान्नसमेत वितरण गर्दै आएको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका