Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • ताप्लेजुङमा आगलागीबाट सात घर र पाँच घुम्ती पसल जलेर नष्ट

ताप्लेजुङमा आगलागीबाट सात घर र पाँच घुम्ती पसल जलेर नष्ट

ताप्लेजुङमा आगलागीबाट सात घर र पाँच घुम्ती पसल जलेर नष्ट

ताप्लेजुङ,  २० वैशाख। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको हाे । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीबाट सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।

गएराति  भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुँदै आएको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।

आगलागी कसरी भयाे , भन्रे कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका