Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • एमसीसीको बारेमा प्रदिप ज्ञवालीको फरक मत

एमसीसीको बारेमा प्रदिप ज्ञवालीको फरक मत

एमसीसीको बारेमा प्रदिप ज्ञवालीको फरक मत
photo : onlinekhabar

काठ्माण्डौ, १९ बैशाख । अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको १५ बुँदे फरक मत राख्नुभएको छ ।

एमसीसी बारे अध्ययन गर्न गठित कार्यदलका सदस्य समेत रहनुभएका मन्त्री ज्ञवालीले अस्पष्ट केहि बिषयलाई स्पष्ट पार्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । साथै उहाँले प्रतिनिधिसभा मार्फत एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने मत समेत राख्नुभएको हो ।

ज्ञवालीको फरक मतमा भनिएको छ, ‘परियोजनाको सुरक्षाका नाममा अमेरिकी सेनाको प्रवेश हुने, शिविरहरू खडा हुने, यसले भूराजनीतिक द्वन्द्व सिर्जना हुने, यस परियोजनाले अन्य छिमेकी मुलुकहरूसँग नेपालले गरेका सम्झौताहरू अवरुद्ध हुने, सम्झौता अमूक सम्झौताभन्दा पनि बढी ‘राष्ट्रघाती’ भएको आदि भनेर गरिएका प्रचारहरू अतिरञ्जित, भ्रामक र दुई मुलुकबीचको सम्बन्धमा तिक्तता छाउने गलत आशयबाट प्रेरित छन् ।’

१५-१९ माघ २०७६ मा काठमाडौंमा सम्पन्न नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले कार्यदल गठन गरेको थियो । ९ फागुनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाएको कार्यदलले ढिलो गरी प्रतिवेदन तयार पारेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका