Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • उदयपरमा क्वारेन्टाइनभित्रै बसेका युवाले गरे आत्महत्या

उदयपरमा क्वारेन्टाइनभित्रै बसेका युवाले गरे आत्महत्या

उदयपरमा क्वारेन्टाइनभित्रै बसेका युवाले गरे आत्महत्या

काठमाडौँ, १९ बैशाख । उदयपरमा क्वारेन्टाइनभित्रै बसेका युवाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सुमन विक रहेका छन् । उनले क्वारेन्टाइनमा बसेको एक सातापछि आत्महत्या गरेका हुन् । उनि श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका थिए ।

क्वारेन्टाइनमा बसेका उदयपुरको रौतामाई गाउँपालिका-७ गुराँसेका १८ बर्षिय युवाले बिहीबार राती झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार उक्त युवाले प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेका उनिहरु दुबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पटक पटक यि पति पन्ति झगडा गर्दै आएका थिए । श्रीमतीसंगै एउटै कोठामा बसेका सुमनले श्रीमती निदाएपछि आत्महत्या गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका