Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • खलङगामा गर्भवती महिलाको घरघरमा पुगेर कोसेली वितरण

खलङगामा गर्भवती महिलाको घरघरमा पुगेर कोसेली वितरण

खलङगामा गर्भवती महिलाको घरघरमा पुगेर कोसेली वितरण

खलङगा, १८ वैशाख । खलङगाको तिला गाउँपालिकाका उपध्यक्ष विष्णु बुढाले पालिकाभित्रका गर्भवती महिलाको घरघरमा पुगेर कोसेली वितरण गर्नुभएको छ । गाउँपालिका–९ की पम्फा बुढा नौ महिनाकी गर्भवती हुनुहुन्छ । उहाँ अहिले ज्योति मावि राँसा मालापानीको क्वारेन्टाइनमा बस्नुभएको छ । चितवनबाट भर्खर आइपुगेकाले उहाँलाइ सुरक्षितरूपमा स्वास्थ्य चौकी राँसा नजिकैको क्वारेन्टाइनमा राखिएको हो ।

नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष बुढाले पोसिलो खानेकुरा उपलब्ध गराउँदा निकै खुसी हुनुभयो । उनले भनिन “गाउँमै पुगेर बच्चालाई र मलाई न्यानो कपडा पाउँदा निकै खुसी छु, अरुलाई पनि स्वास्थ्य संस्थामा पुग्न भन्छु ।” उपाध्यक्ष बुढाले ‘सुनौलो हजार दिनभित्रका महिलासंग उपाध्यक्ष’ कार्यक्रमअन्र्तगत नियमितरूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने महिलालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुभएको हो ।

“लकडाउनको समयमा गर्भवती महिलाले पोसिलो खानेकुरा पाउँदैनन्”, उपाध्यक्ष बुढाले भन्नुभयो, “यो समयलाई मध्यनजर गर्दै गर्भवतीलाइ कोसेली स्वरुप पोसिलो खानेकुरा उपलब्ध गराएका हौँ ।” एक जना गर्भवतीका लागि एक क्यारेट अण्डा, पाँच किलो चामल र एक लिटर तेल, बच्चालाई न्यानो कपडा र कम्बल उपलब्ध गराइएको छ ।

गाउँपालिका स्वास्थ्य सहसंयोजक जानकी हितानका अनुसार पालिकाभित्रका ५० गर्भवतीलाइ कोसेली प्रदान गरिएको छ । यो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीर्लाइ स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । लकडाउनको समयमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवतीलाइ कोसेली प्रदान गर्न उपाध्यक्ष बुढाको टोली गाउँटोलमा पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका