Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • जापान सरकारले प्रदान गर्ने ‘उत्कृष्ट अवार्ड’ रामचन्द्र पौडेललाई

जापान सरकारले प्रदान गर्ने ‘उत्कृष्ट अवार्ड’ रामचन्द्र पौडेललाई

जापान सरकारले प्रदान गर्ने  ‘उत्कृष्ट अवार्ड’ रामचन्द्र पौडेललाई

काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ ।

बुधबार जापान सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको आज यहाँस्थित जापानी दूतावासले जनाएको छ । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा वरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा सो विभूषण प्रदान गर्न लागिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा ‘ जापान–नेपाल फ्रेन्डसिप पार्लमेन्टेरियन कमिटी’ गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण निर्वाह गर्नुभएको दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका