Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • म्याग्दीको बाबियाचौरमा खाद्य बैंक स्थापना

म्याग्दीको बाबियाचौरमा खाद्य बैंक स्थापना

म्याग्दीको बाबियाचौरमा खाद्य बैंक स्थापना

म्याग्दी, १८ वैशाख । म्याग्दीको मङ्गला गाउँपालिकाले बाबियाचौरमा खाद्य बैंक स्थापना गरेको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित विपन्न र श्रमिकलाई वितरण गरिने राहतका लागि खाद्यान्न सङ्कलन गर्न खाद्य बैंक स्थापना गरेको हो ।

बैंकमा बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मङ्गला गाउँपालिका कमिटीले रु एक लाख ३२ हजार ८५० बराबरको खाद्यान्न सहयोग गरेको छ ।

नेकपाका सो पालिका कमिटीका अध्यक्ष प्रेमप्रसाद रेग्मी र सचिव याम रोकाले गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमलाई ९० बोरा चामल हस्तान्तरण गर्नुभएको थियो । खाद्य बैंकमा खाद्य सामग्री सहयोग गर्न गाउँपालिकाले अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका