Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • चेपाङ परिवारलाई घलेद्वारा खाद्यन्न सहयोग

चेपाङ परिवारलाई घलेद्वारा खाद्यन्न सहयोग

चेपाङ परिवारलाई घलेद्वारा खाद्यन्न सहयोग

राजेन्द्र न्यौपाने, गोरखा, १७ बैशाख । गण्डकी गाउँपालिका वडा नं १ मकैसिं स्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमा खाद्यन्न सहयोग भएको छ ।

माछा खोलामा निर्माणाधिन विकास हाइड्रो पावर कम्पनीका सञ्चालक समेत रहेका घलेले यस अघि उत्तरी गोरखामा रहेका समस्यामा परेका परिवारलाई समेत सहयोग प्रदान गर्दै आइरहेका छन् ।

आज एक कार्यक्रमका वीच २० बोरा चामल, नुन, तेल गण्डकी गाउँपालिका वडा नंं. १ का सदस्य मीन बहादुर सुनार लगायतको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

दैनिक ज्यालादारीहरुको समस्यामा स्थानीय सरकार हनुमान समान रहेपछि पीडित परिवारलाई मनकारीहरुले सहयोग गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका