Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • नौसय बेड क्वारेन्टाइन निर्माणमा गोरखा रेडक्रसको सहयोग

नौसय बेड क्वारेन्टाइन निर्माणमा गोरखा रेडक्रसको सहयोग

नौसय बेड क्वारेन्टाइन निर्माणमा गोरखा रेडक्रसको सहयोग

गोरखा, १४ बैशाख । विश्व भरी फैलिएको नाबेल कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाले नौसय बेड निर्माणका लागि ओड्ने र ओछ्याउने कम्मल , त्रिपाल हस्तन्तरण गरेको छ ।

जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक २ वटा नगरपालिका र ८ वटा गाउँपालिकाका लागि क्वारेन्टाइन स्थल निर्माणका लागि उपशाखा मार्फत सहयोग गरिएको गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले बताए ।

नेपाल रेडक्रस सोसाईटी केन्द्रबाट प्राप्त भएको तीनसय थान मास्क उपशाखाहरुलाई प्रदान गरिएको उनको भनाई छ । गोरखा भित्र प्रवेश गर्ने नाका, कारगार लगायतका अत्यावश्क स्थानहरुमा मागका आधारमा टेन्ट हाउस समेत निर्माण गरिएको छ । जिल्ला शाखा अन्तर्गत रहेका २५ वटा उपशाखा मार्फत पालिकाहरुलाई सहयोग गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका