Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • शहिद लखनमा ४७ जना क्वारेन्टाइनमा

शहिद लखनमा ४७ जना क्वारेन्टाइनमा

शहिद लखनमा ४७ जना क्वारेन्टाइनमा

राजेन्द्र न्यौपाने, गोरखा, १४ बैशाख । शहिद लखन गाउँपालिका भित्रका विभिन्न वडामा गरी ४७ जना क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं १ बक्राङमा एक जना, मनकामनामा ९ जना, ताक्लुङमा ८, घैरुङमा १३ र बुकोटमा १६ गरी ४७ जना क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिएका छन ।

क्वारेन्टाइनमा ३ वर्षकी एक बालिका, ११ जना महिला र ३५ जना पुरुष रहेका छन् । उनीहरुलाई गाउँपालिकाको व्यवस्थापनमा निर्माण
गरिएको क्वारेन्टाइनमा राखिएको हो । लकडाउन सुरु भएपछि जिल्ला बाहिरबाट आउने सबैलाई १४ दिन अनिवार्य
क्वारेन्टाइन र एक हप्ता घरकै क्वारेन्टाइनमा राख्ने गाउँपालिकाले निर्णयगरेको थियो ।

लकडाउनको समय बढ्दै जाँदा शहरमा बस्नेहरुको दैनिकी असहज बन्दै गएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबैपक्षहरुसँग अहिलेसम्मको समिक्षा उद्धारका कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका