Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • नाकामा दैनिक २ हजारसम्मलाई सेनिटाईज गर्न सकिने सेनिटाईज मेशिन

नाकामा दैनिक २ हजारसम्मलाई सेनिटाईज गर्न सकिने सेनिटाईज मेशिन

नाकामा दैनिक २ हजारसम्मलाई सेनिटाईज गर्न सकिने सेनिटाईज मेशिन

मकवानपुर, १३ वैशाख । मकवानपुरलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न मकवानपुर प्रवेश गर्ने मुख्य नाका मध्ये हेटौंडाको रातमाटे चेक पोष्टमा सेनिटाईज मेशिन जडान गरिएको छ । प्रदेश २ का बारा, पर्सा, रौतहटसहित भारतबाट समेत आउने मुख्य नाकामा सो मेशिन जडान गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको पहलमा करिब १ लाख ६० हजार रुपैयाँमा मेशिन ल्याएको हो । सो नाका भएर जिल्ला प्रवेश गर्ने सबैलाई मेशिन मार्फत सेनिटाईज गरिने छ भने एकै पटकमा ४ जनासम्मलाई सेनिटाईज गर्न सकिने जनाईएको छ । दैनिक २ हजार जनासम्मलाई सेनिटाईज गर्न सकिने सो मेशिनको क्षमता २ सय लिटरको रहेको छ ।

गत चैत अन्तिममा नै जिल्ला प्रशासन कार्यालयको कमाण्ड पोष्टको बैठकले तराईबाट आउने तरकारी फलफूलमा प्रतिबन्ध लगाउने, खाद्य पदार्थलगायत, जिल्ला प्रवेश गर्ने व्यक्तिलाई पनि सेनिटाईज गरेर मात्रै जिल्ला प्रवेश गर्न दिने निर्णय गरिएको थियो ।

तर निर्णय गरेर पनि कार्यान्वयन नगरेको विषयमा न्यूज २४ टेलिभिजनले पटक पटक समाचार प्रसारण गरेको थियो । त्यस्तै मकवानपुरमा बाहिरी जिल्लाबाट आउने तरकारी फलफूललाई निषेध गरेपछि हेटौंडाको बसपार्कमा रहेको तरकारी फलफूलको थोक केन्द्र नै बन्द भएको छ ।

प्रशासनले तराई तथा भारतबाट आउने तरकारी फलफूलमा रोक लगाएपछि मकवानपुरको सीमा नाकासम्म राति ल्याउने र त्यहाँबाट अर्को गाडीमा लोड गरेर जिल्लाकै उत्पादन भन्दै बिक्रिवितरण गरेको सार्वजनिक भएपछि तरकारीको थोक केन्द्र नै बन्द गरिएको बताईएको छ ।

मकवानपुरमा हिजोसम्म ८० जनाको पीसीआरबाट परीक्षण, ५ सय १ जनाको आरडीटीबाट परीक्षण गरिसकिएको छ । मकवानपुरमा आजसम्म कोरोना भाईरस पोजिटिभ देखिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका