Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • सनराईज बैंकद्धारा जिल्ला अस्पताल पर्बतलाई १५ थान पिपिई सहयोग

सनराईज बैंकद्धारा जिल्ला अस्पताल पर्बतलाई १५ थान पिपिई सहयोग

सनराईज बैंकद्धारा जिल्ला अस्पताल पर्बतलाई १५ थान पिपिई सहयोग

सुवास लामिछाने , पर्बत, १२ बैशाख । पर्बतको कुश्मामा रहेको सनराईज बैक लिमिटेडले जिल्ला अस्पताल पर्बतलाई १५ थान पिपिई सहयोग गरेको छ । अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्वेदनशिलतालाई मध्येनजर गरि बैंकले १५ थान पिपिई उपलब्ध गराएको हो ।

शुक्रबार बैंकका कुश्मा शाखाका प्रवन्धक गोविन्द आचार्यले अस्पताल ब्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडी तथा डा. शिशिर देवकोटालाई सामान हस्तान्तरण गर्नुभएको छ । सामान हस्तान्त्रण गर्दै आचार्यले अग्रपङ्तीमा रहेर कोरोना विरुद्धको लडाई लडिरहनु भएका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा लाई ध्यानमा राख्दै सहयोग गरीएको बताउनुभयो ।

सामान ग्रहण पछि अध्यक्ष पहाडीले कोरोनाको समस्या अझ धेरै समयसम्म जाने र यसका लागि अस्पताल सवै श्रोत साधन र सामान उपकरणका दृष्टिले तयारी अवस्थामा रहनुपर्ने हुँदा यस्तो सहयोगका अति नै महत्वपूर्ण हुने बताउनु भयो ।

पहाडीले स्वत स्फूर्त व्यक्तिगत र संस्थागत रुपमा सर सहयोग जुटेका कारण पर्वत अस्पतालको टिम प्रोत्साहित भएर काममा जुटिरहेको छ भन्दै सवै सहयोगीहरुलाई अस्पतालको तर्फबाट धन्यवाद दिनुभयो । पर्वत अस्पतालले कोरोनाको समस्या आएसंगै ज्वरो क्लिनिक, हेल्लो डाक्टर सेवा र छुट्टै अस्थायी कोरोना अस्पताल समेत सञ्चालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका