Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • पर्वतमा चट्याङ लागेर ज्यान गुमाएकी कल्पनाकाे परिवारलाई राहत

पर्वतमा चट्याङ लागेर ज्यान गुमाएकी कल्पनाकाे परिवारलाई राहत

पर्वतमा चट्याङ लागेर ज्यान गुमाएकी कल्पनाकाे परिवारलाई राहत

पर्वत, १२ वैशाख केही दिनअघि चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीकी कल्पना भुसालको परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

पीडित परिवारको घरमै पुगेर बिहीबार जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फबाट रु एक लाख र फलेवास नगरपालिकाको तर्फबाट रु ५० हजार गरी रु एक लाख ५० हजार हस्तान्तरण गरिएको हो । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र प्रहरी नायब उपरीक्षक स्यामु आर्यलसहित घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।

भुसालको वैशाख ७ गते दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक भुसालका एक छोरा एक छोरी र श्रीमान् छन् । राहत रकम मृतकका श्रीमान् यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरिएको फलेवासका नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका