Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • कोरोना सङ्क्रमित बढ्दै गएपछि उदयपुरमा जोडिएका सबै नाका बन्द

कोरोना सङ्क्रमित बढ्दै गएपछि उदयपुरमा जोडिएका सबै नाका बन्द

कोरोना सङ्क्रमित बढ्दै गएपछि उदयपुरमा जोडिएका सबै नाका बन्द

लहान, १२ वैशाख । छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ ।

उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईले जानकारी दिनुभयो ।

उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल उदयपुरतर्फबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेपछि उदयपुरसँगै जोडिएको सिरहामा त्रास बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका