Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • जिल्ला अस्पताल पर्वतलाई अमेरिकाबाट शोभाले गरिनआर्थिक सहयोग

जिल्ला अस्पताल पर्वतलाई अमेरिकाबाट शोभाले गरिनआर्थिक सहयोग

जिल्ला अस्पताल पर्वतलाई अमेरिकाबाट शोभाले गरिनआर्थिक सहयोग

पर्बत,११ बैशाख । पर्वतको कुश्मा नगरपालिका वाड नं. ८ निवासी शोभा पौडेल जिसीको पहलमा जिल्ला अस्पताल पर्वतलाई पचपन्न हजार पाँच सय पचपन्न रुपैंया सहयोग प्राप्त भएको छ ।

हाल अमेरिकाको जर्जिया बस्ने जिसीको पहलमा आफना साथीहरु समेतको सहयोगमा अस्पताललाई पिपिई लगायतका अति जरुरी सामान खरिदका लागि उक्त रकम सहयोग प्राप्त भएको जिल्ला अस्पताल पर्वतका ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समयमा देशभर कोरना भाईरस सक्रंमितका बिरामीहरु बढ्दै गईरहेको बेला जिल्लामा पनि यस्ता बिरामीहरु देखा परे चिकित्सकलाई बिभिन्न उपकरण अभाब भईरहेको खण्डमा यो सहयोगबाट ठुलो राहात भएको बताउनुभयो । उहाँले सो रकमले केहि दिन भित्रमै जिल्ला अस्पताल पर्बतको लागि चाहिने आबश्यक पिपिई लगायतका अन्य बिभिन्न उपकरण खरिद गर्ने समेत जानकारी दिनुभयो ।

सहयोग पठाएर पर्वत अस्पतालको टिमलाई प्रोत्साहित गरेकोमा जिसि लगायत अन्य सहयोगी व्यक्तिहरुलाई धन्यवाद समेत दिनुभयो । जिसीले आबश्यक परेको खण्डमा फेरी पनि त्यस्तो सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले पर्वतमा रहदाँ पनि बिभिन्न सामाजीक क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका