Samacharpati
बुधबार, जेष्ठ २१, २०७७

”गजल”

”गजल”

पाेखरा, ८ वैशाख ।

आफ्ना पनि पराई हुन्छन् धनै नभएसी।
बहाना हजार आउँदारैछन् मनै नभएसी।।

गोरु बेच्या साइनो लगाई धनीसँग नजिकिन्छ।
दुखी बाउलाई भुल्छ छोरो, आफ्नोपनै नभएसी।।

निरंकुश भयो मान्छे, प्रकृतिको दोहन गर्याे।
धरतिको आक्रोश हो यो, सन्तुलनै नभएसी।।

बाटोमा न चौतारी छ, न वरपिपलको छायाँ।
कति धान्ला भेन्टिलेटर, अक्सिजनै नभएसी।।

पारी आगो चर्कँदैछ, वारी आँसु दर्कंदैछ।
कहाँ फुल्ला लालीगुराँस यो वनै नभएसी।।

यति धेरै चाहिने होइन, मर्दा लान पाइने होइन।
के काम छ र सम्पत्तिको, यो जीवनै नभएसी।।

लाल कार्की अन्जान

स्याङजा २ फेदिखाेला

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका