Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • आफ्नै खर्चले पनि मजदुरहरूलाई खाना र बस्न दिन्छु : मेयर पाण्डे

आफ्नै खर्चले पनि मजदुरहरूलाई खाना र बस्न दिन्छु : मेयर पाण्डे

आफ्नै खर्चले पनि मजदुरहरूलाई खाना र बस्न दिन्छु : मेयर पाण्डे

यहि क्रममा शुक्रबार बेलुका २६ जना मजदुरहरु लमजुङ बेसिशहरबाट रोल्पा, सुर्खेत र सल्यान जिल्ला तिर आफ्नो घर फर्किने भन्दै लुक्दै जङ्गलको बाटो हुदै लमजुङको मध्य नेपाल नगर पलिका कर्पुटार वडा नम्बर ७ मादी पुल कास्की जिल्लाको सिमानामा आइपुगे तर कास्की जिल्लाको सिमानामा रहेका सुरक्षाकर्मी र रूपा गाउँ पलिकाको स्वयं सेवकहरूले लमजुङ तिरै फर्काइ दिए ।

त्यसपछि मादी पुलको छेउमा दुइ दर्जन भन्दा धेरैको संख्यामा अपरिचित मान्छे देखे पछि स्थानीयहरूले वडा अध्यक्ष, मेयर र प्रहरीलाई सम्पर्क गरेका थिए । स्थानीयको सम्पर्क पछि तत्काल वडा अध्यक्ष गगन घिमिरे, मध्य नेपाल नगर पालिकाका मेयर रमेश पाण्डे लगायत केही सुरक्षाकर्मी हरू उत्त स्थानमा पुगेर सबै मजदुरहरूलाई तुरुन्तै खानाको ब्यवस्था गरिएको प्रहरी हवल्दार कम्लेस रावतले बताउनुभयो ।

शानिबार बिहान सम्वाद न्युज डटकम टिम उत्त स्थानमा पुगि सकेपछि वडा अध्यक्ष घिमिरे र मेयर पाण्डे आउनु भइ खाना खुवाएर सबैको स्वास्थ्य परिक्षण गराई बस्ने ब्यवस्था गरेको थियो । लकडाउन भनेको के हो केहि थाहा थिएन हामी त खुरू खुरू काम गरि राख्यौ त्यसपछि हामीसंग भएको खाधान्न सामाग्री सकियो पैसा पनि सकियो हामीलाई काम दिने ठेकदारलाई सम्पर्क गर्दा लकडाउनको कारण म गाउँ आउन सकेन भनेर फोन राखिदिनु भयो त्यसपछि हाम्रो ठुलो बिजोग भयो एक जना मजदुर कृष्ण बहादुरले आँसु झर्दै भन्नु भयो । गाउँमा बाबा आमा, श्रीमती र छोराछोरीहरू छन् धेरै सम्झेर बसेको छु खै भेट्न पनि पाउँछ कि पाउदैन हामीले अर्को एक मजदुरले भन्नुभयो ।

नेपाली सबै एउटै हुन् को पुर्वको, को पश्चिम कोमजदुर, को गरिब यो समयमा हेर्ने होइन आज मेरो निगरानीमा २६ जना मजदुर भाईहरू हुनुहुन्छ उहाँहरूलाई लकडाउन नखुल्दासम्म नगर पलिकाले खाना, बस्न र स्वास्थ्य परिक्षण सबै व्यवस्थापन हुन्छ मेयर पाण्डेले भन्नुभयो । उहाँहरू मात्र हैन मेरो नगर पलिका क्षेत्र भित्र कोहि मजदुर, श्रमिक र बिपन्न परिवार आएर खाना र बस्न नपाएर सडकमा आउँछ भने म स्वयं आफ्नै ब्यक्तिगत रकम खर्च गरेर पनि ब्यवस्थापन गर्नेछु मेयर पाण्डेले दिल खोलेरै बताउनुभयो ।

शानिबार बिहान चामल, तेल, नुन, दाल र तरकारी किनेर दियौ उहाँहरूले खाना खानु भयो अब आज बेलुका बाटको सबै ब्यवस्थापन मेयर साव र हामीले गर्ने छौ वडा अध्यक्ष घिमिरेले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका