Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • बागलुङकी महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जकाे तयारी

बागलुङकी महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जकाे तयारी

बागलुङकी महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जकाे तयारी

बागलुङ, ६ वैशाख । नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरेका छन । महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि,   ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि उनले जानकारी दिएका छन ।

चैत २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ६५ वर्षीया महिलालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।  चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।

सोही दिन एउटै विमानबाट नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये काठमाडौंकी युवती पनि शनिबार  डिस्चार्ज भइसकेकि छन्,  भने  बागलुङकी अर्की युवती भने धौलागिरि अञ्चल अस्पतालमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका