Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • चाउचाउको भरमा पोखरा देखि दाङ्ग सम्म पुग्न हिडेका पैदल यात्रीलाई स्याङ्जामा खान ब्यबस्था

चाउचाउको भरमा पोखरा देखि दाङ्ग सम्म पुग्न हिडेका पैदल यात्रीलाई स्याङ्जामा खान ब्यबस्था

स्याङजा, ६ वैशाख । स्याङजा फेदीखोला गाउँपालिका सर्केटारीमा स्थानीय आमा समूह र सर्केटारी समाजले लकडाउनका कारण पाेखरा, तनहुँ विभिन्न स्थानबाट हिँडेरै घर सम्म पुग्नका निम्ति   भाेक भाेक भाेतारिदै राताे र पिराे अनुहार बनाउँदै  हिडेका  पैदल यात्रीहरुलाई खाना खुवाएका छन्।

स्याङ्जाको फेदिखोला गाउँपालिकाको सर्केटारीमा स्थानीय आमा समूह र सर्केटारी समाजले कास्कीको नयाँ पुल, बागलुङ, तनहुँदेखि पैदल हिँडेर आएका पैदल यात्रीलाईहरुलाई खाना खुवाएर निकै ठुलाे पुन्यकाे काम गरेका छन ।

सर्केटारीमा  आमा समूह र सर्केटारी समाजले बिहीबार, शुक्रबार र शनिबार   तिन दिन लगातार पैदल यात्रीलाई खाना खुवाएका हुन्।

लामो दूरबाट हिँड्दै आएका ती पैदल यात्री भोकले लखतरान परेका थिए। कतिपय पैदल यात्री बेखर्चीसमेत भएका थिए।

ठाँउठाउँमा स्थानीय सरकारको अवरोधहरु छिचोलेर स्याङ्जाको सर्केटारीसम्म आइपुगेका ती पैदल यात्रीहरुको दयनीय अवस्था देखेर स्थानीयबासीका आँखा रसाएको स्थानीय समाजसेवी सुवास पौडेलले बताएका छन।

 

‘लामो दूरी चाउचाउ र चिउराको भरमा आउनुभएको रहेछ, कतिपय त बेखर्ची समेत हुनुहुँदो रहेछ’, पौडेलले भने, ‘उहाँहरुको अवस्था देखेपछि हामीले खाना खुवाएर पठायौँ।’

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले पटकपटक लकडाउन गरेपछि ती ज्यालादारी गरेर खाने मजदुरहरु मर्कामा परेका थिए। हात मुख जोर्नै समस्या परेपछि मर्नुभन्दा बहुलाउनु निको भन्दै पैदलै हिँडेर भए पनि घरको यात्रामा निस्केका थिए।

सर्केटारी समाज र स्थानीय आमा समूहले स्वागत गरेर खाना खुवाएपछि स्थानीयवासीलाई धन्यवाद दिंदै आफ्नो गन्तव्यतर्फ लागेको स्थानीय सामजसेवी दिवाकर सुवेदीले बताएका छन। उनले भोकाएका पैदलयात्री मजदुरहरुलाई स्थानीयको सक्रियतामा तीन दिनदेखि खाना खुवाउँदै आएको र यसलाई निरन्तरता दिने बताएका छन।

शनिवार दाङ – सुर्खेत   पुग्ने   यात्रामा  हिडेका पैदल यात्रीहरुलाई फेदिखोला गाउँपालिका कुभिन्डेमा  पनि   खाना खुवाएइकाे छ । फेदिखोला गाउँपालिका – २ खड्केटारीमा पनि परिवर्तन युवा समुहले भाेक भाेकै हिडेका पैदल यात्रीका लागि चाउचाउ, बिस्कुट र पानि काे व्यवस्था गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका