Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • “तिमी छैनौ भएर यो जवानी के गर्नु ”गजल”

“तिमी छैनौ भएर यो जवानी के गर्नु ”गजल”

”सुमन स्मारिका”

घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु

न खान दिन्छ न भोक मेटाउँछ पेटको
छन त उसको पनि राहदानी के गर्नु

पोखिन देउ बगरले प्यास त मेट्ला थोरै
राखेर आँखामा यति धेरै पानी के गर्नु

गर्न त गरिन्छ नि रोज दुःखको कारोबार
हुँदैन अलिकति पनि आम्दानी के गर्नु

शंका पनि सहि ठाउँमा गर्न सक्नुपर्छ साहेब
फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका